प्रेस संगठनद्वारा केन्द्रीय सदस्य स्व. बिन्दु चाैहानकाे निधनको ११ औं दिनमा शोक सभा



प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य बिन्दु चाैहानकाे निधनको ११ औं दिनकाे पुण्य तिथिमा प्रेस संगठन नेपाल रुपन्देहीले श्रद्धाञ्जली अर्पण गर्दै उनकाे स्मृतिमा शोक सभाको शनिबार आयोजना गरेको छ ।

व्यावसायिक पत्रकारिताका धरोहर चौहानले लुम्बिनी क्षेत्रमा रहेर जनयुद्ध कालदेखिनै पत्रकारिता गर्दै आएका थिए । उनि एक निडर निष्पक्ष र क्षमतावान मधेसी समुदायकाे गर्भिलाे पहिचानकाे रुपमा स्थापित पत्रकार हुन । चौहानकाे केहि दिन अगाडि निमोनियाकाे कारण रूपन्देहीको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियाे ।

रुपन्देहीकाे लुम्बिनी स्थिति उहाँकै घरमा शनिबार आयाेजित शाेक सभा कार्यक्रममा बोल्दै माओवादी केन्द्र लुम्बिनी प्रदेशका ईन्चार्ज राम प्रसाद बन्जाडे ‘ टंकमणि ‘ ले मृत्युकाे दु;खद घडिमा हाम्राे पाटि दुखि छ । चाैहानकाे परिवार सँग रुपन्देही जिल्ला पाटि सधै सहकार्यमा रहने प्रतिबद्धता जाहेर गर्नुभयाे ।

माओेबादि केन्द्र लुम्बिनी प्रदेश संयाेजक नारायण जि.सि ‘निर्मल‘ ले पनि बिन्दु चाैहान भैतिक रुपमा टाढा भए पनि उहाँ पाटि र पत्रकार संगठन प्रतिकाे याेगदानले उहाँ मरेर पनि बाचिरहनु भएकाे छ । उहाँकाे सम्झानामा पाटिले पनि कँही कतै अक्षयकाेष वा सार्वजिनक ठाउँमा संरचना निर्माण गर्नेछ। याे घरपरिवारले एक्लाे महसुस कहिले गर्ने छैन पाटिले सधै अभिभावकत्व गर्ने बताउनु भयाे ।

शोक सभामा स्व चौहानको पत्रकारिता जीवन बारे संविधान सभा सदस्य बिनोद पहाडीले प्रकाश पार्नु भएको थियो । युद्धकालीन अबस्था देखिनै ईमानदार र लगनशील पत्रकारकाे रूपमा अनबरत खटिरहने एक निष्ठावान व्याक्तिकाे रूपमा उल्लेखनीय योगदान रहेकाे चर्चा गर्नुभयो।

चा‌ैहानकाे पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान रहेकाे र उहाँकाे काम प्रतिकाे लगावलाइ उच्च सम्मान गर्दै प्रेस संगठन रुपन्देहीले नगद १० हजार रुपैया चाैहानकाे परिवारलाई सहयाेग गरेकाे थियाे । प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझीले छाेराछाेरिलाई पनि राेजगार र नि:शुल्क शिक्षाकाे बिषयमा संगठनले पहल गरिरहेकाे बताउँदै चाैहानकाे स्मृतिमा संगठनकै तर्फबाट अक्षयकाेष स्थापना गरि प्रत्येक बर्ष एकजना श्रमजिबि पत्रकारलाई पत्रकारिता पुस्कार बितरणकाे व्यबस्था गर्ने र चाैहानकाे परिवारलाई संगठनले सधै अभिभाबककाे भुमिकाे खेल्ने बताउनु भयो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १० गते आइतबार