अखिल नेपाल शिक्षक संगठनकाकाे प्रथम गाउँपरिषद्बारा अध्यक्षमा शर्मा चयन



कोहलपुर ।

डुडुवा गाउँपालिकाको अखिल नेपाल शिक्षक संगठनका शिक्षक-कर्मचारीहरूकाे प्रथम गाउँपरिषद्बाट अध्यक्षमा खेम लाल शर्मा चयन भएका छन् । यस्तै सचिवमा हिरामनि घर्तीमगर, कोषाध्यक्ष घनी गिरी चयन गरेको छ । यस्तै सदस्यहरुमा सिवन्त राना मगर, अर्जुन भण्डारी, भिमलाल शर्मा, ओम कुमारी घर्तीमगर, नन्दा शाही लगायतको रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एअनेशिसंका लुम्बिनी प्रदेश समिति सदस्य एवं साहित्यकार शिक्षक बद्री ढकाललेकर्मचारी का पेशागत मुद्दा, अधिकार र कर्तव्यका बारेमा प्रशिक्षण गरेका थिए । उनका अनुसार आगामी मंसिरसम्म संघिय शिक्षा ऐन आउने गरि रणनीति र आन्दोलन अघि बढेकाले धेरै शिक्षक कर्मचारीका धेरै मागहरू त्यसैबाट सम्बोधन हुने आशा निज ढकालले ब्यक्त गरे।

्उक्त कार्यक्रममाबाँके जिल्ला कार्यसमिति महिला बिभाग प्रमुख रुपा मल्ल र जिल्ला सदस्य मायालक्ष्मी धिताल लगायतको उपस्थिति रहेको थियो । सो भेलामा वालविकास, कर्मचारी र राहत शिक्षकका समस्याका राख्दै आगामी आन्दोलनको चर्चा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १० गते आइतबार