ग्रिन पिसद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान (फाेटाे फिचर)



कोहलपुर ।

कोहलपुर बाँकेमा रहेका ग्रिन पिसद्वारा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । आइतबार संविधान दिवसको अवसरमा एक औपचारीक कार्यक्रम गरी फोटो, लेखन र निबन्ध विद्यामा नर्सरीदेखि १० कक्षा सम्मका उत्कृष्ट हुने बालबालिकाहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।

यस्तै फोटो प्रतियोगितामा हरशीट श्रेष्ठ प्रथम, प्रिनासा धिताल द्धितीय, विनिषा भूषाल तृतीय, आइसा गुरुङ्ग सान्तोना स्थान प्राप्त गरेका छन् । बालबिालिकाहरुले राधा र कृष्ण जस्तै बनेर फोटो विद्यालयमा बुझाएका थिए ।No description available.

सोही फोटोको आधारमा उनीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विष्णु विक्रम शाहीले बताए ।No description available.

यस्तै लेखन प्रतियोगीतामा १ कक्षादेखि ८ कक्षासम्म विद्यार्थीहरु रहेका थिए । कक्षा १ बाट स्पन्धन खनाल प्रथम, कुशल भुषाल द्धितीय, तृष्णा राना तृतीय भएका छन् । यसैगरी कक्षा २ र ३ बाट प्रदिप बस्नेत प्रथम, शौरब वली तृतीय, विश्वराज सिंह तृतीय भएका छन् ।No description available.

यसैगरी ४ र ५ कक्षाबाट अविष्मा लामिछाने प्रथम, आयूष्मा थापा मगर द्धितीय, प्रशान्त पुन मगर तृतीय भएका छन् भने ७ र ८ कक्षाबाट दिपेश भारती भदरी प्रथम, आशिका राना द्धितीय, इब्राहिम अन्सारी तृतीय भएका छन् ।No description available.

यस्तै कक्षा ९ र १० का बालबालिकाहरुलाई निबन्ध प्रतियोगिता गराइएको थियो । निबन्ध प्र्रतियोगितामा (कोभिड—१९) भन्ने शिर्षकमा निबन्ध लेखेका थिए । सोही निबन्ध अनुसार कृतिका पौडेल प्रथम, स्वस्तिका थापा द्धितीय, अंकिता खनाल तृतीय, स्नेहा कुमारी सिंह सान्तोना भएका छन् ।No description available.No description available.No description available.

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार