नेपालगन्ज आउँदै गरेको श्रीको जहाजमा समस्या आएपछि पुनः काठमाडौं अवरतण



कोहलपुर ।

आइतबार साँझ काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपनि पुनः काठमाडौं विमानस्थलमा अवतरण गराइएको छ ।

५ बजेपछि नेपालगन्जका लागि उडेको जहाजमा बीच बाटोमा पुगेका बेला प्राविधिक समस्या आएपछि फर्काएर पुनः काठमाडौं विमानस्थलमा अवतरण गराईएको हो ।

सोही जहाजमा नेपालगन्ज आउँदै गरेका कोहलपुरका सुर्य रोकायले प्राविधिक समस्या आएपछि जहाज पुनः काठमाडौं नै फर्किएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार