कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको महिला उपकार मञ्चको अध्यक्षमा चन्द्रकला न्यौपाने चयन हुनुभएको छ। शनिबार उपकार मञ्चको ३० औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुनुभएको हो । जसको उपपाध्यक्ष भगवती बराल, सचिव सारदा पोेख्ररेल, सह—सचिव शिला कुमारी थरुनी र कोषाध्यक्ष सरस्वती लम्साल चयन भएकी छन् ।
यस्तै सदस्यहरुमा मञ्जु भट्टराई, विजुला अधिकारी, लिला पाण्डे र मधु राना चयन भएकी छिन् ।
नवनिर्वाचित न्यौपानेले योजना तथा कार्यक्रम प्रस्तुत भएको छ सोही अनुसार कटिबद्ध भएर काम गर्ने बताइन् ।
मञ्चले आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ९६ लाख २ हजार २ सय ४७ रुपैया कारोबार गरेको छ । यस्तै साधारण सभामा पूर्व कृषि मन्त्री आरती पौडेलको उपस्थित रहेको थियो ।


प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्