अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा बस्नेत



कोहलपुर  : नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा महेश बस्नेत चयन भएका छन्


अखिल क्रान्तिकारी बाँकेको २३ औ जिल्ला सम्मेलनबाट बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

सम्मेलनले अखिलको उपाध्यक्षहरुमा प्रकाश ओली,इन्दु केसी, सचिवमा सुनिल बटलालाई जिम्मेवारी दिएको छ । यस्तै सह सचिवहरुमा
चरीत्र शाही ,मनोज बुढा,महेश एरी, सन्तोष उपाध्याय र कोषाध्यक्षमा अनिशा रिजाललाई चयन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ३१ गते बिहीबार