एजेन्सी
काठमाडौं,
अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारलाई सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको छ।
तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा गरेपछि बारदारलाई अन्तरिम सरकारको उपप्रधानमन्त्री नियुक्त गरिएको छ।
बारदार यसअघि तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुख थिए। अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
पछिल्लो समय तालिबानले काबुल कब्जा गर्दा रक्तपातविहीन भएको र असरफ घानी सरकारका अधिकारीहरूलाई आममाफी दिने निर्णयमा बारदारको भूमिका रहेको टाइमले जनाएको छ।
नययमपलष्नजतकबलष्mब दयह बम द्द
अतिवादी समूह तालिबानमा बारदार नरम खालका भएको र उनले आगामी दिनमा विदेशी सहायता र अन्तर्राष्ट्रिय सहकार्यमा अफगानिस्तानका लागि मूख्य भूमिका निर्वाह गर्न सक्ने टाइमले उल्लेख गरिएको छ।
बारदारसँगै अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलगायत नेताहरू पनि सूचीमा छन्।
पछिल्लो समय तालिबानभित्र विवाद भएको र हक्वानी समूहका लडाकुले बारदारलाई आक्रमण गरेको हल्ला चलेको थियो। बारदार मारिएको वा घाइते भएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो तर बुधबार एक भिडिओमा देखिएका बारदारले आफू अहिले कान्दहार सहरमा रहेको बताएका छन्।










प्रतिक्रिया दिनुहोस्