बर्दिया ।
अदालतले विभिन्न मितिमा कैद र जरिवानाको फैसला गरेका तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट तीन फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका वडा नम्बर–४ का परिवर्तित नाम थर संकेत नं.६६ गेरुवा ‘ख’ रहेका छन् ।
उनीलाई बर्दिया जिल्ला अदालत गुलरियाको २०७७ माघ ५ गतेको फैसलाले चोरी कसुरमा १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो ।
जालसाज मुद्दामा ७ हजार २९८ रुपैयाँ जरिवाना तोकिएका सोही गाउँपालिका वडा नम्बर– ५ का नवराज बम समेत पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए । बर्दिया जिल्ला अदालत गुलरियाले २०७३ पुस २९ गते बमलाई जालसाज मुद्दामा जरिवाना तोकेको थियो ।
यस्तै बर्दिया जिल्ला अदालत गुलरियाले अभद्र व्यवहार कसुरमा जरिवाना तोकेका सोही गाउँपालिका वडा नम्बर २ का परिवर्तित नाम थर संकेत नं.६६ राजापुर ‘ठ’ समेत पक्राउ परेका छन् ।
अदालतले २०७७ फागुन १६ गते अभद्र व्यवहार कसुरमा रू.४ हजार रुपैयाँ जरिवाना तोकेको थियो । तीनै जनालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्