नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जबाट एक नक्कली प्रहरी पक्राउ परेका छन् । प्रहरी भन्दै सर्वसाधारण नागरिकलाई धम्काई चेकजाँच तथा सोधपुछ गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका वडा नम्बर, ६ बस्ने १९ वर्षीय लक्ष्मण शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
‘प्रहरी भनेर धम्काउँने शाही नक्कली प्रहरी रहेको खुलेको छ’ उनले भने, ‘बागेश्वरी मन्दिर परिसरको पुर्व तर्फ रहेको पार्कमा नागरिकहरुलाई धम्काई चेकजाँच तथा सोधपुछ गर्ने गरेको पाइयो ।’ शाहीलाई वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको थियो ।
उनीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए ।
केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय कोहलपुरले आफुलाई सीआईबीको प्रहरी निरीक्षक बताउँने एक युवकलाई कोहलपुर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनी पनि नक्कली प्रहरी भएको खुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्