क्यान्सर पीडितलाई आर्थिक सहयोग



कोहलपुर ।

बाँकेमा रहेका समाज सेवा संस्था नेपालले क्यान्सर पिडिलाई १४ हजार भन्दा बढी आर्थिक सहयोग गरेको छ । घाँटीको क्यान्सरबाट पीडित राप्तीसोनारी गाउँपालिकाका ५७ वर्षीय मोतिलाल परियारलाई उपचारका लागि उक्त सहयोग प्रदान गरिएको हो ।

उपचारमा रकम अभाव भएपछि अभियान सञ्चालन गरी १४ हजारभन्दा बढी आर्थिक सहयोग संकलन भएको थियो । संस्थाले कोहलपुर नगरपालिका १ मा सञ्चालन गरेको अभियानबाट १३ हजार ३० रुपैयाँ, संस्थाका सदस्य गुरुप्रसाद गडौरियाले एक हजार ५२ र जुनकिरी महिला समूहका अध्यक्ष कल्पना गिरी ५ सय गरी १४ हजार ५ सय ७२ रुपैयाँ सहयोग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार