नेपालगञ्जबाट विमानस्थलबाट चारकिलो सुन बरामद, थप जानकारी आउन बाँकी



नेपालगञ्ज ।

नेपालगञ्ज विमानस्थलबाट प्रहरीले चार किलो सुन सहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ।

शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको सिरि एअर को बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताए ।

सुन र पक्राउ परेका दुई जना लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरगक बिश्वमान खाति रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १८ गते शुक्रबार