बर्दिया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिया सीमा क्षेत्रमा सक्रिय छ । पछिल्लो समय गण मातहत रहेका विभिन्न विओपीहरु
बाट दैनिक सीमा क्षेत्रमा ड्युटी भइरहेको छ । नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका विओपी थप बिस्तारगरे सँगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदैँ गएको छ ।
यसै क्रममा गण तथा मातहत बिओपीहरुबाट काठ तथा किराना सामाना बरामद् गरिएको हो ।चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको काठ र किराना सामान बरमद् गरिएको कार्यालयले जनाएको छ । कुल ७१ हजार ५ सय ४० रुपैयाँ बराबरको सामान बरामद् भएको हो ।
अबैध प्लाष्टिक डोरी प्लाष्टिक झोला,खेलौना र सिसौको काठ बरामद गरी आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भदौ १८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्