प्रज्ञा अर्याल, कोहलपुर
बाँकेको कोहलपुरमा आयकर सम्बन्धी शिविर शुरु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा शिविर सञ्चालन भएको हो । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले समन्वय गरेको कार्यक्रम भदौ ३१ सम्म सञ्चालन हुनेछ । उक्त अवसरमा व्यवसायीहरुको विभिन्न किसिमका कर कोहलपुर मै तिर्न सक्ने कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
उक्त शिविर भदौ १५ गतेबाट शुरु भएको जनाएको छ । उक्त अवधीभर व्यवसायीहरुको संघको समन्वयमा कर तिर्न सक्ने महासचिव मातृका सापकोटाले बताए ।उनका अनुसार कर तिर्न कै लागि नेपालगञ्ज जान समस्या हुने भएका कारण सहजताका लागि कोहलपुरमा विभिन्न सञ्चालन गरिएको हो । उनले उक्त अवसरमा व्यवसायीहरुले विभिन्न विषयमा जानकारी दिनुका साथै सेवा समेत प्रदान गरिने बताए ।
अहिलेपनि कोहलपुर क्षेत्रका व्यवसायीहरुको आयकर संकलन नेपालगञ्जमा हुँदै आएको छ ।
‘भौगोलिक हिसाबमा पनि नेपालगञ्ज खर्चिलो हुन्छ । समय पनि बढी लाग्छ । केही समयको लागि भएपनि सहज होस भनेर हामीले कोहलपुरमै कर तिर्ने वातावरण सिर्जना गरेका हौँ ।’ उनले भने । उनले उद्योग वाणिज्य संघसँग आवद्ध समपूर्ण व्यवसायीहरुले तालिम र सेवा पाउने बताए । पहिलो दिन १५ जनाले सेवा लिएका थिए ।
दोस्रो दिन पनि धेरै जनाले सेवा लिएको उनको भनाइ छ । व्यवसायीहरुको सेवाको लागि कर तिर्ने व्यवस्था कोहलपुर मै गरिएकोले सम्पूर्णलाई छिटो भन्दो छिटो सेवा लिन उनले आग्रह गरेका छन् । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल व्यवसायीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर सेवा शुरु गरिएको बताउँछन् । उनका अनुसार यो व्यवसायमुखी काम हो । यसले कोहलपुरका व्यवसायीलाई सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष पौडेलले सम्पूर्ण व्यवसायीहरुलाई समय मै सेवा लिन पनि आग्रह
गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्