मोतिलाल परियार बचाउ अभियान : आर्थिक सहयोग जुट्दै



कोहलपुर : बाँकेको रोप्तीसोनारी गाउँपालिकाका घाँटीको क्यान्सरबाट पीडित मोतिलाल परियार बचाउन अभियान अन्र्तगत आर्थिक सहयोग हुन शुरु गरेको छ ।

कोहलपुरमा लामो समयदेखि सामाजिक कार्य गर्दे आएको समाज सेवा संस्था नेपाल बाँकेले शुरुवात गरेको घाँटी पीडित मोतिलाल परियार बचाउ अभियान–२०७८ अन्तर्गत सहयोग जुट्न सहयोग गरेको हो । आयोजक समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाका अनुसार कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले अभियानलाई सहयोग गरेका हुन् ।

वडा नम्बर ७ अध्यक्ष दिपकजंग शाह र शहरी स्वास्थ्य केन्द्र कोहलपुर ७ लखनावारका शहरी स्वास्थ्य केन्द्र प्रमुख सुधन बुढाथोकी संस्थागत र व्यक्तिगत रुपमा ४ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् । यसैले गरी कोहलपुरमा सञ्चालित सामुदायिक रेडियो प्रतिबोधले पनि परियारको उपचारको लागि ६ हजार रुपैयाँ सहयोग गरेको थियो ।

क्यान्सर पीडितका छोरा तथा पत्रकार कविन्द्र परियारका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाहरुबाट ४५ हजार रुपैयाँ सहयोग जुटेको छ ।

उनले मासिक १ लाख भन्दा बढी उपचारको लागि रुपैयाँ खर्च हुने गरेको जानकारी दिए ।

उनको घरको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा समस्या भइरहेको छ ।क्यान्सर पीडित परियारको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारको लागि आठ रुपैयाँ लाग्ने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार