बाँकेमा थपिए आठ संक्रमित, बाँकेमा कोरोना सक्रिय संक्रमित १३६ जना पुगे



कोहलपुर ।

पछिल्लो २४ घण्टामा मंगलवार बाँकेका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ५ महिला र ३ पुरुष गरि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २/२ जना महिला र पुरुष गरी ४ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ३ महिला र १ पुरुष गरेर ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

बागेश्वरीको ल्यावमा गरिएको परीक्षणमा कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १८ हजार १५ जना पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । संक्रमितमध्ये ७ हजार ७१४ महिला र १० हजार ३०१ पुरुष रहेका छन् । मंगलवार बाँकेमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ३/३ महिला र पुरुष गरेर ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

मंगलवार जिल्लामा ८ नयाँ संक्रमित थपिदाँ ६ जना कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार ३÷३ महिला र पुरुष गरेर थप ६ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार ५ सय ६७ जना पुगेको छ । कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ५०५ महिला र १० हजार ६२ पुरुषहरु रहेको फोकल पर्सन ओलीले बताए ।

जिल्लामा मंगलवारसम्म सक्रिय संक्रमित १३६ जना रहेका थिए । सक्रिय संक्रमितमध्ये ७६ महिला र ६० पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा रहने बाहिरी जिल्लाका सक्रिय संक्रमितको संख्या भने ३० जना रहेको थियो । २६ महिला र १६ पुरुष गरेर ४२ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ७० महिला र ५४ पुरुष गरेर १२४ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म बाँकेका अस्पतालमा जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर ७२७ जनाको उपचारकै क्रममा मृत्यु भइसकेको छ । उपचारकै क्रममा ज्यान गुमाउनेहरुमा २६१ महिला र ४६६ पुरुष रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार