कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा सोमवार थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८९२ पीसीआर परीक्षणमा १ हजार ९०२ जना र ४ हजार ३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या देशभर १ हजार ८०८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर कोरोना जितेर ७ लाख १४ हजार ५२० जना घर फर्किसकेका छन् । सोमवार देशभर उपचारका क्रममा थप १६ जना संक्रमितको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण उपचारकै क्रममा १० हजार ७३० जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमवार थपिएकासँगै अहिलेसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ । मन्त्रालयका अनुसार आइतवारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेको थियो ।
तीमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसन र २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका थिए । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको थियो । यो अवधिमा १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ५६ जना कोरोना संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६६५, ललितपुरमा १३८, झापामा ११७, कास्कीमा १०७, भक्तपुरमा १०३ र सुनसरीमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै मोरङमा ९०, चितवनमा ५६, नुवाकोटमा ३९, मकवानपुरमा ३७, कालिकोटमा ३२, धादिङमा २८, काभ्रेपलाञ्चोक, दोलखा र बाँकेमा २४÷२४ जना, नवलपरासी पूर्व र दाङमा १९÷१९ जना, उदयपुर, रामेछाप र जुम्लामा १७÷१७ जना, सिन्धुपाल्चोकमा १५, गोरखा र तनहुँमा १२÷१२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्