रिर्पोटरको डायरी : सन्तोष पन्त ज्यू, कमेडी भनेको हँसाउनु मात्रै हो र ?



अछुत कोपिला

नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियन अहिले चर्चा र विवादमा छ । ग्राण्ड फिनाडेको सम्मुखमा रहेको सिजन २ मा उत्कृष्ट चारसम्म पुगेको छ । शनिबार प्रशारित २४ औँ एपिसोडमा प्रतिष्पर्धीको प्रस्तुती र निर्णयक टिप्पणीका कारण यसको चर्चा चौतर्फी भइरहेको छ । चर्चाका कारण दुई छन्, उत्कृष्ट चारको प्रस्तुतीमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर र अर्को पश्चिमा देशमा निकै प्रचलित पेन्टोमाइम कमेडी । विवादका पात्र हुन्, निर्णयक सन्तोष पन्त ।

उक्त एपिसोडमा प्रतिष्पर्धी भारतमणी पौडेलले पूर्वयुवराजको क्यारिकेचर गरेका थिए । सिक्किमका नेपालीभाषी कमेडिसन विक्ली अग्रवालले ‘पेन्टोमाइम’ प्रस्तुती दिएका थिए । उनको यो प्रस्तुतीलाई निर्णयक पन्तले मन नपराएपनि दर्शकले मन पराए । माथि उल्लेखित तीन जनाका कारण यो शो को एकाएक चर्चा चुलिएको हो । यो आलेखमा हामी विशेषत विक्कीको ‘पेन्टोमाइम’ प्रस्तुती र पन्तको टिप्पणीमा केन्द्रीत हुनेछु ।

शुरुवात आफैबाट गरौँ, म कमेडी च्याम्पियनको नियमित दर्शक हुँ । सिजन २ को एउटा पनि एपिसोड मैले छुटाएको छैन । मलाइ कमेडी गर्न आउँदैन । तर कमेडी मलाई मन पर्ने विधा हो । यहिँ सिजनमा भावुक प्रस्तुतीका बेलामा म कतिपटक नोस्टाल्जिक भएको छु । कतिबेला पेटका आन्द्रा फुत्किनेगरी हाँसेको पनि छु । चालू सिजनमा विषयवस्तु, प्रस्तुती, प्रयोग र शैलीका दृष्टिले विक्की मलाई मनपर्ने कमेडियन हुन् । कमेडीका फुल प्याकेज भरतमणी पौडेल पनि उत्तिकै मनपर्छ । फाइनलसम्म कुनै ‘भोट चमत्कार’ भएन भने यसपटकको विजेता यी दुई मध्ये एक जना हुनेमा दुईमत छैन । शनिबारको एपिसोडमा भरतमणी पर्फमर अफ दी वीक भनेर फाइनल प्रवेश गरिसकेका छन् । विक्कीसँगै सन्तोष थापा र हिम्मत महरा मध्ये भोटको आधारमा थप दुई जना फाइनल प्रवेश गर्नेछन् ।

अब विक्कीको पेन्टोमाइम प्रस्तुतीका कुरा, विक्की अग्रवाल सिक्किमका लोकप्रिय कलाकार हुन् । उनको समूह त्यहाँ विभिन्न क्षेत्रमा कमेडी क्षेत्रमा राम्रो नाम कमाइरहेको छ । ‘हसाइस कत्ले’ नामक समूहसँग आवद्ध विक्की सिजन २ मा डिजिटल अडिसन मार्फत नेपाल आएका थिए । सिजन २ का एकमात्र गोल्डेन की विजेता प्रतिष्पर्धी हुन् । यो सिजन भरी उनले कमेडीमा नयाँ प्रयोग गरिरहे । जसका कारण उनका प्रस्तुती नयाँ नै हुने गर्दथे । कमेडी गर्ने शैली र प्रयोग नै बिल्कुल नयाँ थियो । यस्तै उनको प्रस्तुतीमा शसक्तपन उनको सबैभन्दा ठूलो आत्मविस्वास हो । आफ्नो कुरामा उनी यदि दृष्ढ देखिन्छन् । सायद उनले जति सोचेका हुदैनन् ।

विक्कीले शनिबार प्रस्तुत गरेको उनको नयाँ पनको निरन्तरता मात्रै थिएन । नेपालको कमेडी इतिहास र कमेडी च्याम्पियनको दुई सिजनको पहिलो र नयाँ कमेडी थियो ।उनको उत्कृष चारको प्रस्तुती अभावै होस्टहरुले नयाँ बिल्कुल नयाँ प्रयोगका प्रस्तुतीको लागि विक्कीले प्रस्तुती दिने बताएका थिए । हुन पनि उनले नबोलेर गरिने पेन्टोमाइम कमेडी प्रस्तुत गरे । उनको प्रस्तुतीमा हाँसो थिएन । तर कमेडी बुझ्ने जो सुकैले उनको प्रस्तुतीलाई रियालाइज चैँ पक्कै गर्न सक्थे । विक्कीको प्रस्तुतीमा मनोज गजुरेल र ऋचा शर्माले रमाइरहेकाक थिए । निर्णयक सन्तोष पन्त चुप थिए । प्रस्तुती सकिएपछि सन्तोष पन्त बाहेकका तीन निर्णयकले स्ट्याङडिङ ओवेसन दिए ।

लगत्तै होस्ट रिमा विश्वकर्मा सोध्छिन्, ‘विक्की जि यस्तो थडहरु कहाँबाट आउँछ ? ’ विक्की सरल जवाफ दिन्छन् र भन्छन्, यो सेमिफिनालेमा के थियो भने, आइ वाज नट प्लानिङ टु गो टु द फिनाले । टु वि भेरी फ्रायाक्क । मेरो माइण्डमा के थियो भने । मैले के नयाँ दिन सक्छु । पेन्टोमाइम यस्तो याक्ट हो जुन चाहिँ नबोलिकन गर्ने हो । यो मेरो सानो प्रयास थियो । यो पनि कमेडी हो ।

निर्णयक मध्ये प्रदिप भट्राईले माइम गर्दैछ भन्ने सुन्न वित्तिकै आफूलाई निकै डर लागेको भन्दै प्रतिक्रिया शुरु गरे । उनको प्रस्तुतीको उनी मात्रै होइन सन्तोष पन्त बाहेकले उत्कृष्ट भएको बताए । जब सन्तोष पन्तको पालो आयो । उनले शुरुवात मै नकरात्मक टिप्पण्ी गरे । उनी भन्छन्,‘ हरेक ठाउँको आफ्नो स्वाद हुन्छ । हाम्रो र विदेशीको हास्ने स्टाइल एकदम फरक छ । उनीहरु खुकुराले पिच्च ग¥यो भने पनि हाँस्छन् । हाम्रोमा त्यसरी हाँस्दैनन् । उनीहरुको र हाम्रो कमेडी टेस्ट मिल्दैन ।’

उनी अघि भन्छन्,‘ यो प्रयोग सायद तिम्रो लागि गाह्रो पनि हुन सक्छ । तिम्ले नयाँ प्रयोग ग¥यौँ धन्यवाद । तर हाम्रो समाजले बुझ्दैनन् । मैले त बुझिन अरुको के कुरा । हाँसो आएन नी त कोही हाँस्नु भयो । ’ प्रतित्तरमा विक्कीले अघिल्लो दिनसम्म पनि आफ्नो प्लानिङ नभएको सुनाए । उनले भने,‘तर निस्किएपनि निस्कन्छु । तर पेन्टोमाइमलाई चिनाउनु भनेरै गरेको हो । मैले पेन्टोमाइम गरेकोमा जिरो प्रतिशत पनि प्रश्चताप छैन । म पनि पनि सक्छु । ’

यत्तिकैमा प्रदिप भट्राइले फेरी जोडे,‘विक्कीले यसमा धेरै प्रयोग गरिसकेका छन् । विकेट झारेको छ । ’ तर विक्की बीच स्टेज छोडेर हिडे । उनी हाँस्न चाहेर पनि सकेनन् । रुदैँ बाहिर गए । पछि होस्टहरु उनी भएकोमा पुगे । मनोज गजुरेर र ऋचा शर्मा त्यहाँ पुगेर उनलाई सम्झाए । उनी निरन्तर रोइरहेका थिए । ऋचाले आँशु पुछिदिइन् ।

तर एपिसोड प्रसारण पछि सन्तोष पन्तमाथि गालीको वर्षा भयो । खासगरी उनको टिप्पणीका कारण । वरिष्ठ कलाकारको ट्याग पाएका सन्तोष पन्तको त्यो स्तरको प्रस्तुतीले नराम्रा टिका टिप्पणी धेरै आएका छन् । धेरैले उनलाई विदेशी भएका कारण हेपेको भनेका छन् । कमेडीलाई नेपालीकरण मात्रै गरेको भन्दै उनको निकै चालोचना गरिएको छ । यसले एउटा बहस नै छेडेको छ

सन्तोष पन्त जस्तो वरिष्ठ कलाकारले हास्य व्यंग्य नबुझ्ने कुरै आउँदैन । उनको कलाकारिताको इतिहास र योगदान हेर्ने हो भने त्यो कसैले पनि पत्याउँदैन । उनी नेपाली कास्य कलाकारिताका एक हस्ती नै हुन् । तर उनले विक्कीको कलाकारिता र पेन्टोमाइम कमेडी बुझिनँ भन्ने कुरालाई विभिन्न कोणबाट व्याख्या भइरहेको छ । पहिलो कुरा उनले आफूले आफूलाई चिन्न सकेनन् र विक्कीको प्रस्तुतीलाई पनि ।उनले विक्कीको प्रस्तुतीमा टिप्पणी गरिरहदाँ व्यग्य भनेको हसाउँनु मात्रै हो भन्ने तरिकाले अथ्र्याएका छन् ।

उनलाई कमेडी भनेकै हास्ँनु मात्रै होइन । अरु जजले विक्कीको प्रस्तुतीको गाम्भीरता र नयाँ प्रयोगको खुलेर प्रंशसा गर्दा उनी नराम्रोसँग चुकेका छन् । विक्कीको प्रस्तुती माथिका टिप्पणी त्यति सकारात्मक देखिदैनन् । पन्तले उनी माथि नेपाली कमेडियन होइनन भन्ने भित्रि मनसायले बोलेको जस्तो भान हुन्छ । जुन कुरा शनिबार आफै मुखारविन्दुबाट ओकले । उनी अरुको कसैको कारणले नभइ आफ्नै कारणले विवादमा तानिएका छन् । यसैपनि पन्त पहिलो सिजन देखि नै विवादमा तानिएका छन् । पछिलो सिजनमा मधेशका आर्दश मिश्रा माथि गरेको जातीय टिप्पणीले विवादमा आएका थिए ।

यसपटक उनबाट क्षत्रीय र भूगोलिक मानसिकता ओकलिएको छ । जुन एक कलाकारका लागि सुहाउँदो विषय होइन् । यसको उनको व्यक्तित्व मात्रै प्रश्न चिन्ह खडा गरिदिएको छ । र उनको कमेडी भनेको हाँस्नु मात्रै हो भन्ने साँधुरो सोचले नेपालीको हास्य व्यंग्य क्षेत्रको गरिब मानसिकता उदांगो बनाइदिएको छ । कमेडी भनेको हास्ँनु मात्रै हो भन्ने सोच समय सुहाउँदो होइन । यो उनको पराम्परागत सोच हो । सन्तोष पन्तले आगामी दिनमा यस्ता टिप्पणी गर्दा हजार पटक सोचेर बोल्नुपर्छ । पन्त ज्यू, कमेडी गर्नु भनेको हसाँउनु मात्रै पटक्कै होइन । कमेडी मार्फत हँसाउने, सन्द्रेश प्रवाह गर्ने, जनचेतना जोगाउने, आलोचना गर्नु र प्रंशसा गनुपनि होइन र ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १५ गते मंगलबार