कोहलपुर ।
लुम्बिनी प्रदेशमा समेत नेपाल मुद्रण उद्योग महासंघको प्रदेश शाखा विस्तार गरिएको छ । शुक्रवार दाङको भालुबाङमा भएको प्रदेशभरीका मुद्रण व्यवसायीको भेलाले नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो ।
रुपन्देहीका व्यवसायी कृष्ण पराजुलीको नेतृत्वमा भेलाले लुम्बिनी प्रदेश कमिटी चयन गरेको थियो । नयाँ कमिटीको उपाध्यक्षमा पूर्णलाल चुके (बाँके), घनश्याम घिमिरे (रुपन्देही), सचिवमा चिन्तामणी उपाध्याय ‘सिएम’ (बाँके), सह–सचिवमा डिल्ली नारायण पाण्डे (रुपन्देही) र कोषाध्यक्ष गिरीराज आचार्य (दाङ) रहेका छन् । यस्तै सदस्यहरुमा गजेन्द्र बहादुर ओली, हरि प्रसाद ज्ञवाली, मेगराज सिग्देल, जगदिश भट्टराई, गुमान प्रसाद पाण्डे र निर्मल आचार्य लगायत चयन गरेको नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष विनोद पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट एक÷एक जनाका दरले कार्यसमिति सदस्य चयन गरिएको छ । भेलामा बोल्ने व्यवसायीहरुले प्रदेशका मुद्रण व्यवसायीको हक, हित र अधिकारका लागि महासंघले काम गर्ने बताएका थिए । व्यवसायीहरुले त्यसका लागि महासंघमा आवद्ध रहेका पदाधिकारीहरुले संस्थागत रुपमा पहल गर्नुपर्नेमा जोड दिएका हुन् । भेलामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्