कोहलपुर, सत्ताधारी नेपाली काँग्रेस १४ औँ महाधिवेशनको उल्झनमा छ । पटकपटक म्याद थपिएर आगामी मंसिर महिनामा हुने भनिएको महाधिबेशन क्रियाशिल सदस्यताको विवाद अझै सुल्झिन सकेको छैन । महाधिवेशन नजिकिदै गर्दा केन्द्रदेखि प्रदेश, जिल्ला, गाउँपालिका तथा वडा स्तरमा नेतृत्वको लागि उम्मेदवारी घोषण गर्ने क्रम बढिरहेको छ । बाँके जिल्लामा समेत औपचारिक रुपमा महाधिवेशनका क्रियाकलाप शुरु नभएपनि अनौपचारिक रुपमा गतिविधि शुरु भइसकेका छन् ।
यस्तै जिल्लाको कोहलपुर नगरपालिकामा समेत उम्मेद्धारी घोषणा शुरु भएको छ । बिहीबार नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नम्बर १० को वडा सभापतिका लागि सन्तोष पौडेलले उम्मेद्धारी घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आगामी महाधिवेशनमा वडा नम्बर १० को सभापतिका लागि उम्मेद्धारी घोषणा गरेका हुन् । अहिले उनी नेपाली काँग्रेस वडा नम्बर १० को वडा सचिव छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘आउँदै गरेको नेपाली काँग्रेसको १४ अधिबेशनमा सहभागी हुन सम्पूर्ण क्रियासिल सदस्यहरु लाई अनुरोध गर्दछु ।
पार्टीमा अब युवा को अहम भूमिका हुने हँुदा मेरो पनि कोहलपुर १०मा मा उमेदवार रहने जानकारी गराउँदछु । पार्टीलाई नीतिगत रुपमा चलायमान गराउन मेरो पनि वडा न १० को सभापति उमेदवार घोषण गरेको छु’ उनले भनेका छन् । नेपाली काँग्रेस पार्टीको नीति,बिचार र सिद्धान्तलाई जनताका बीचमा लिएर पार्टीलाई चलायमान बनाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।
वडामा समेत पार्टीलाई बलियो बनाउन आफूले सभापतिमा उम्मेद्वारी दिएको बताए । पौडेलले पार्टी भित्रका देखिएका समस्या समाधान गर्नको लागि युवा नेतृत्वमा आउन जरुरी रहेको बताएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १० मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । त्यहाँ निमबहादुर चलाउने वडाअध्यक्ष छन् । उक्त वडा नेपाली काँग्रेस गढ मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्