राँझा क्षेत्रका गुण्डा नाईके ‘सन्ते’ पक्राउ



गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत

गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत

कोहलपुर ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका, २० राँझा क्षेत्रका गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत पक्राउ परेका छन् ।

उनीसहितको १०/१२ जनाको टोलिले गत साउन २४ गते राती २ बजेको समयमा सोही वडाको नयाँ बस्ती थपुवाका दुई जनामाथि आक्रमण गरेका थिए ।

सोही अभियोगमा गुण्डा नाईके सन्तेसहित उनका अन्य सहयोगीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

उनीसहितको समुहले नयाँ बस्ती थपुवाका पुरन विक र टेक बहादुर विकलाई घरभित्रबाट लतार्दै बाहिर निकाली शरिरका संवेदनशिल भागमा धारिलो हतियार प्रहार गरेर मरासन्न अवस्थामा झाडिमा फालेर भागेका थिए ।

डिएसपी खनालले सोही समूहले नै नजिकै बस्ने गिता रोकाको घर कोठाको ढोका समेत फुटाई नगद, सुनका गरगहना तथा अन्य जिन्सी सामानहरु लुटपाट गरेका थिए ।

घटना लगत्तै कोहलपुर प्रहरीले सोही समूहका चार जनालाई पक्राउ गरिसकेको थियो । घटनाका मुख्य नाइके सन्तेसहित अन्य फरार रहेकोमा तीन जनालाई कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज २० का गुण्डा नाईके २५ वर्षीय सन्ने भनिने बसन्त रावत, सोही ठाउँका २० वर्षीय प्रकाश बुढा र २५ वर्षीय चक्र बहादुर रावत रहेका छन् ।

सन्तेको नेतृत्वमा राँझा क्षेत्रमा गुण्डागर्दी र लुटपाट हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसबारे थप जानकारी दिनको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरले आज बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ९ गते बुधबार