शुभाकर विश्वकर्मा, कोहलपुर
आइतबार दिउँसो १२ बजे उनी घर पुगे । शनिबार राति नेपालगञ्जबाट गाडी चढेका थिए, रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका ३० वर्षीय दलबहादुर बटालाले । बिहीबार मात्रै उपचारको लागि घरबाट हिडेकी श्रीमती धर्माकुमारी बटालाको दुःखत निधन भयो ।३२ महिने छोरा किरण बटालालाई बोकेर श्रीमान भेट्न आएकी धर्माकुमारीले दलबहादुरलाई भेट्न पाइनन् । शनिबार बिहानको झिसमिसेमा दलबहादुरले धर्माकुमारीलाई भेट्दा चीरनिन्द्रामा थिइन् ।
बिहान ४ बजे कोहलपुरको चौराहामा भेटेपछि दलबहादुरले धर्माकुमारीलाई भेट्दा बोलाएका रहेछन् ।उनी बोलिनन् ।दलबहादुर भन्छन्,‘उनलाई साह्रै अप्ठ्यारो भयो भन्ने सुनेपछि राँझाबाट आउँदा चौराहामा भेट भयो । उनी सिटमा थिइन् । स्वास छ भनेर छाती छामे । तातो थियो । छोरालाई बज्यैले समातेकी थिइन् ।’ उपचारको लागि कोहलपुरस्थित एक निजी मेडिकलमा लिएर चेक गराएँ । मेडिकलकी सिस्टरले नेपालगञ्ज लिन भनिन् । त्यतिबेला पनि छाती तातै थियो । हतारहतार नेपालगञ्ज अस्पताल लियौँ । त्यहाँ मेरी उनलाई मृत घोषणा गरियो । मृत्युपत्रमा हस्ताक्षर गर्न लगाइयो ।
उनी मलिन स्वरमा भन्दै थिए,‘पछि सबै प्रक्रिया पुरा गरेर दाहसंस्कार भयो ।शनिबार राती नै हिडेको हो, नेपालगञ्जबाट । भर्खर २ बजेतिर घर पुगे सर ।’ मुटु रोगी श्रीमतीको उपचार गरौला भनेर पर्खेर बसेका दलबहादुर उनको मृत्युपत्र झोलामा राखेर टुहुरो किरणलाई बोकेर गाडिको यात्रा तय गरे । जुन बाटोमा अन्तिम पटक धर्माकुमारीले पनि यात्रा तय गरेकी थिइन् ।
यतिबेला बटालागाउँ स्थित घरमा दलबहादुर जीवनको अत्यन्तै दुःखत क्षणमा छन् । साथमा छन्,तीन तीन छोराछोरी । जेठो छोरा, ५ वर्षीय छोरी र ३२ महिने किरण भएपछि उनकी जीवन संगिनी र किरणहरु आमा छैनन् । उनलाई सान्त्वना दिनेको भीड छ ।
डढेल्धुराकी धर्माकुमारीसँग २०७० सालमा दलबहादुर बहादुरको विवाह भएको थियो पहिलो चरणमा आफन्तको कुराकानी र पहिलो भेट मै आफूहरुको विवाह भएको उनी बताउँछन् । धर्माकुमारीलाई लिन दलबहादुर सिधै काठमाडौँबाट नेपालगञ्ज हुँदै हवाई जहाजमा धनगढी पुगेका थिए । उनले डढेल्धुराबाट रुकुम पश्चिम आउँदा गाडीमा आएको उनले बताए ।
२०७० सालको कुरा सम्झिदै दलबहादुर भन्छन्,‘उनको मेरो विवाह हुनुभन्दा पहिला म साउदीमा थिए । १ महिनाको विदामा घर आएर विवाह गरेर फेरि उतै फर्किए ।’ त्यसको दुई वर्षपछि छोरी जन्मिन् । उनी अहिले पाँच वर्ष पुरा भएर ६ वर्षमा लागिन् । किरण भने दुई वर्ष अघि जन्मेका थिए । मिसन टुडेसँगको टेलिफोन कुराकानीमा उनले आफ्नै श्रीमती पहिलेदेखि नै मुटु रोगी रहेको उनले बताए । उनको उपचारकाके लागि अहिलेसम्म ४ देखि ५ लाख रुपैयाँ खर्च भएको उनले बताए । पछिल्लो पटक झनै समस्या भएपछि आफूले नै नेपालगञ्जमा उपचारको लागि बोलाएको उनले बताए । धर्माकुमारीको दुःखत मृत्युसँगै दलबबहादुरले श्रीमतीको साथ गुमाएका छन् । छोराछोरीले आमाको काख ।
सानै देखि दुःख गरेर हुर्किएका दलबहादुरले केही समय बैदेशिक रोजगारीमा पनि बिताएका थिए । करिब ३ वर्ष जति उनी साउदी अरबमा बिताए । घरको आर्थिक अवस्था धान्नको लागि बिदेशिएका उनको पहिलो बैवाहिक जीवन समेत सफल हुन सकेको थिएन । साउदी मै रहेको बेला श्रीमतीले उनको साथ छोडिन् । पछि घर आएर उनले छोरा विवेकलाई घरमा ल्याए । उनी कहिल्यै फर्किनन् । मेरो भाग्य अभागी रहेछ हजुर । दुई पटक श्रीमतीको वियोग भोग्नु प¥यो । अब बाँकी जीवन छोराछोरीको लागि बिताउने छु । आमाको अभाब महशुस कहिल्यै हुन दिने छैन उनीहरुलाई । आइतबार दिउँसो आफ्नो जीवनका उकाली ओराला र दुःखका कथा झण्डै १६ मिनेट जति टेलिफोनमा सुनेर छुट्टिए ।









प्रतिक्रिया दिनुहोस्