कोहलपुर, साउन २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजिनामा दिएका शंकर पोखेरेल तीन वर्ष पाँच महिना २५ दिन जिम्मेवारी सम्हाले । नेकपा एमालेको घर झगडाका र प्रदेश सभामा आफ्नै पार्टीका सदस्य जोगाउन नसक्दा उनले विवश भएर मुख्यमन्त्री पदबाट राजिनामा नै दिनुपर्ने अवस्था आयो । केपी शर्मा ओली निकट पोखरेलले आफ्नो सत्ता जोगाउन न्वारनको बल लगाए तर सफल भने भनेएनन् ।
प्रदेश सभामा सबै भन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै पनि उनी प्रतिपक्ष दलको नेता बन्न पुगेका छन् । संघदेखि प्रदेश सम्म प्रतिपक्षमा पुग्न बाध्य हुने पोखरेल मात्र एक्ला होइनन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र प्रतिनिधि सभामा पनि नेकपा एमालेको पार्टी अध्यक्ष समेत रहेका ओलीको हविगत पनि पोखरेलको जस्तो भएको थियो ।
प्रदेशले नयाँ मुख्यमन्त्री प्राप्त गरेपछि सामाजिक सञ्जाल मार्फत उनले यस अवधिमा प्राप्त सहयोग प्रति सबैलाई धन्यवाद दिए । नयाँ मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका उनले आफ्नो कार्यकालका मुख्य काम समेत सार्वजनिक गरेका छन् ।आफ्नो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढेको पोखरेलको दाबी छ । उनले आफूले गरेका मुख्य कामलाई ४५ बुँदामा सार्वजनिक समेत
गरेका छन् ।
उनको कार्यकालमा भएको सबै भन्दा महत्वपूर्ण र कामका रुपमा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ्मा तोक्ने ऐतिहासिक निर्णय उनको भनाइ छ ।बुँदागत रुपमा ६ नम्बर बुँदामा उल्लेख गरिएको प्रदेशका लागि दीर्घकालीन महत्वको निर्णय हो । २०७४ फागुनदेखि मुख्यमन्त्रीको रुपमा सत्ता सञ्चालन गर्न पुगेका पोखरेलले पहिलो नम्बर बुँदा प्रदेश स्थापना हुदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन गरिएको बताएका छन् ।
त्यसपछि क्रमश: कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण,प्रदेश योजना आयोगको पञ्चवर्षीय योजना निर्माण,कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तिव्रता दिनुका साथै कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण गरिएको उल्लेख गरेका छन् । कोभिड –१९ को समयमा ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका खेलेको पोखरेलले जानकारी दिए ।
निवर्तमान मुख्यमन्त्री पोखरेलले सामाजिक र मानवीय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी गरिनुका साथै लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी उल्लेख गरेका छन् । बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय, स्मार्ट कृषि गाउँ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम र प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना उनको पालामा भएको थियो ।‘आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरणगरी हामी लुम्बिनीवासीको भावना निर्माण भएको छ ।
सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता लिएको छ । रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण गरिएको छ । ’ पोखरेलले भनेका छन्,‘प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था छ । मुख्यमन्त्रीका लागि नयाँ गाडी किनिएको थिएन । १९ सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकासखर्चमा पारदर्शीता निर्माण भयो । प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमबाट कार्यान्वयन भएको छ ।’
पोखरेल नेतृत्वको सरकार गरेका महत्वपूर्ण काम मध्ये एकवर्षमा ४० हजार घरमा धारा जडान गर्न सफल,सिँचाइ, खानेपानी, तटबन्ध र सडकपुलमा सतप्रतिसतभन्दा बढि बजेटखर्च गर्ने क्षमताको विकास,तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल ,२५ औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको र आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण हुने सम्मका रहेका छन् ।
उनले संघीयताको मर्म अनुसार तीनै तहका सरकारसँग समन्वय भएको समेत जिकिर गरेका छन् । केन्द्र र स्थानीय तहसँगको राम्रो समन्वय र सहकार्य रहेको केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा वढि बजेट परिचालन गर्न सफल र केन्द्रका ठूला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण भएको उल्लेख गरिएको हो ।
उक्त स्ट्यट्समा पोखरेलले लुम्बिनी प्रदेशको दिर्घकालीन योजनाको आधार तयार भएको ठुला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितताका साथै तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार प्रदेश सरकारले गरेको छ । प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ हुनुका साथै दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण र प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएका भइसकेर सुचना प्रविधि प्रतिष्ठान गठनभइ डिजिटल प्रदेश निर्माणको थालनी,प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानिय तहमा जनशक्ति विकासको थालनी र पूर्वाधार विकास प्राधिकरण गठन भइ ठुला विकासका आयोजना अघि वढाइएको तथा पालिकाहरुमा खेलपुर्वधारको विकास र शहुद्देस्यीयय भवनको निर्माण उनका उपलब्धीका रुपमा रहेका छन् । विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि,मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था,प्रदेशमा अवस्थित विश्वविद्यालयसँग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी भएको छ । यसैगरी मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमवाट गरिबी निवारणमा महत्वपूर्ण योगदान हुनुका साथै राज्यका तीनवटै सुरक्षा निकायसँग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना,जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि र सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तिव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास भएको पोखरेलले बताए ।









प्रतिक्रिया दिनुहोस्