सम्पादकीय: छाउपडीका दुःख



छाउपडी प्रथा पश्चिम नेपालमा अहिले पनि विद्यामान छ । खासगरी यो प्रथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित रहेको छ । पुस्तौदेखि देखि चल्दै आएको यो सामाजिक विकृतिका कारण समाज विकासमा निकै ठूलो चुनौती देखिएको छ । यो प्रथाका कारण पश्चिम नेपालका महिलाहरु निकै प्रभावित भइरहेका छन् । महिलामा हुने प्राकृतिक विशेषता जस्तो महिनावारीलाई यस क्षेत्रमा महिलाहरुको श्रापको रुपमा लिने गरिन्छ । उक्त समयमा घरमा बसेमा देवता रिसाउँछन् भन्ने मान्यताका कारण महिनावारी भएका बेला यस क्षेत्रका महिला तथा किशोरीहरुले हप्तादिनसम्म घरभन्दा अलग्गै बस्ने गरेका छन् । यस कारण कर्णाली क्षेत्रमा अहिले सम्म मानवीय क्षति भएको छैन । तर अहिले पनि छाउपडी प्रथा व्याप्त छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा त छाउपडीका कारण दर्जनौँ युवती तथा महिलाहरुको मृत्यु भइसकेको छ । यो प्रथाले पश्चिम नेपालका महिलाहरु माथि हिंसा समेत थपिरहेको छ । त्यस्तो बेलामा उनीहरुलाई पोषणयुक्त खानेकुरा देखि परिवारको सामिप्यताबाट समेत बञ्चित गरिन्छ ।

छाउपडी प्रथा अहिले सम्म विद्यान रहनुको प्रमुख कारण शिक्षाको कमी हो । शैक्षिक रुपमा चेतनाका दृष्टिले पछि परेको यहाँको समाजले महिनावारीलाई कथित देवतासँग जोड्दै आएको छ । जुन पूर्णरुपमा अन्धविस्वास हो । यही अन्धविस्वासका कारण छाउपडीलाई अहिलेसम्म प्रथाको रुपमा मानिदै आएको छ । यो प्रथा समाजबाट अन्त्य हुनुपर्ने हो । तर विडम्बना मानिसमा अहिलेपनि जरा गाडेर बसेको अन्धविस्वासका कारण यो प्रथा विद्यामान छ । छाउपडी प्रथालाई सामाजिक कु संस्कारको रुपमा मानिदै आएको भएपनी राज्यको प्रभावकारी उपस्थिति हुन नसक्दा यो पुस्ता पुस्तान्त्रण समेत भइरहेको छ । जसका कारण अहिले पनि महिलाहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । यतिबेला मात्रै होइन किशोरीहरुले शिक्षा आर्जन गर्न सकिरहेका छैनन् । विद्यालय स्तरमा किशोरीहरुको बीच मै विद्यालय छोड्ने प्रमुख कारण यही छाउपडी पनि एक हो । यसले विशेषगरेर किशोरी तथा महिलाहरुलाई चपेटामा पारेको हो । यसले महिलाहरुलाई सामाजिक मूल प्रवाहमा आउन दिएको छैन । यसमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ । अहिले पनि छाउपडी र महिलाहरु चुलौचौकोमा सीमित छन् । अहिले पनि छाउपडी प्रथाका नाममा महिलाहरुलाई दिइरहेको छाउपडी दुःख हट्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार