देशभर थपिए ३,४२१ संक्रमित, नेपालमा फेरी बढ्यो कोरोना संक्रमणदर



कोहलपुर ।

नेपालमा पछिल्ला दिनहरुमा फेरी कोरोना संक्रमणदर बढ्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा सोमबार ३ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ र ५ हजार ३२ को एन्टीजेन परीक्षण गर्दा १ हजार ३० गरी ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना निको भएर घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना जित्नेहरुको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ । यो अवधिमा कोरोना संक्रमणका कारण देशभर उपचारका क्रममा थप २५ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा संक्रमणका कारण अहिलेसम्म ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ ।

यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेको थियो ।

जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् रहेका थिए । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा एकै दिन ९९९ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।

काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैगरी झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६, नवलपरासी पूर्वमा १०५ र चितवनमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै मकवानपुरमा ८४, कास्कीमा ६२, धादिङमा ६१, रुपन्देहीमा ५३, काभ्रे र सिन्धुपाल्चोकमा ३०÷३० जना, नुवाकोटमा २९, धनकुटा र रामेछापमा २१÷२१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

बागलुङमा १८, इलाममा १७, दाङमा १६, अर्घाखाँचीमा १४, पाल्पामा १२ र नवलपरासी पश्चिममा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १२ गते मंगलबार