कोहलपुर ।
बाँकेको कोहलपुरमा एक वृद्धाको विभत्स हत्या गरिएको छ । कोहलपुर नगरपालिका, ११ एकतानगरमा शनिवार राती ८२ वर्षीया वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घरमा नै सुतीरहेको अवस्थामा ८२ वर्षीया वृद्धा साउनी कार्कीको विभत्स तरिकाले हत्या गरेको अवस्थामा घरमा नै शव फेला परेको हो ।
हत्या गरिएकी साउनी नेकपा माओवादी केन्द्र निकट वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी आमा हुन् ।
धारिलो हतियार प्रयोग गरेर ओछ्यानमा नै सुतिरहेको अवस्थामा हत्या गरिएको हुनसक्ने आंकलन गरिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिएपनि कसले किन हत्या ग¥यो भन्नेबारे अनुसन्धान जारी रहेको बताए ।
अहिले कोहलपुर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाँकेका प्रहरी प्रमुख फेरिएसँगै जिल्लाको सुरक्षा व्यवस्था कमजोर भएपछि नागरिकहरु भने चिन्तित हुन थालिसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्