कोहलपुर : युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले बाँकेको कोहलपुरका सुमन घिमिरेलाई कर्जा उप समितिको छनौट चयन गरेको छ ।
कोषको असार २३ गते बसेको उपाध्यक्ष स्तरीय निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सदस्य छनौट गरेको हो । उनी कर्जा लगानी तथा असूली कार्यविधि २०७७ को व्यवस्था बमोजिम छनौट गरिएको जनाइएको छ ।
सचिवालयका नि. कार्यकारी निर्देशक नारायण दत्त कोवकोटाद्धारा हस्ताक्षरित पत्रमा घिमिरेलाई बाँके जिल्ला कर्जा उप समितिको सदस्य छनौट गरिएको उल्लेख छ ।
घिमिरेले अब जिल्लाको कर्जा असूली उप समितिको संयोजकसँग समन्वय गरि काम गर्नुपर्नेछ । उक्त पत्र बोदार्थका रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत पठाइएको छ ।
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्