कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा शुक्रवार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै अहिलेसम्म नेपालमा ९ हजार ३४० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । सो अवधिका थप १ हजार ३१६ जना निको भएर घर फर्किएका थिए । योसँगै देशभर अहिलेसम्म ६ लाख १६ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा २६१, झापामा १६२, मोरङमा १२९, कास्कीमा १०८ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै सुनसरीमा ८९, मकवानपुरमा ८०, ललितपुरमा ७४, चितवनमा ६५ जना कोरोना संक्रमित थपिएका छन् । नुवाकोटमा ४६, भक्तपुरमा ४५, धादिङमा ४०, काभ्रेपलाञ्चोकमा ३७, सुर्खेतमा ३६, पाल्पामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा २१, रामेछापमा २०, नवलपरासी पुर्वमा १८, दोलखामा १६, धनुषा, गोरखा र जुल्मामा १२÷१२ जना, म्याग्दीमा ११ र दाङमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्