स्वास्थ्यकर्मीलाई पोषण योजना सम्बन्धी तालिम



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले बृहत पोषण योजना सम्बन्धी स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको तालिमको नगरपालिका प्रमुख लुट बहादुर रावतले साे तालिमकाे समापन गरेका थिए ।

उनले कोहलपुरलाई राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी भएकाे बताए । कोहलपुर नगरपालिकाका १५ वटै वडाका स्वास्थ्यकर्मीहरुले सो तालिम लिएका थिए ।

कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी, नगर स्वास्थ्य शाखाकी अधिकृत शारदा चन्द, नसिङ्ग अधिकृत लोकमाया भारती, सुआहारा बाँकेका प्राविधिक संयोजक अमृत पाडेल र जिल्ला बाँकेका जनस्वास्थ्यका प्रमुख धिरजजंग शाहले तालिममा सहजीकरण गरेका थिए ।

तालिम लिएका शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज सुधन बुढाथोकीले पोषणसम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याएकाे बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार