खनाल स्टोरमा अखाद्य सामान, विभिन्न अखाद्य सामान बरामद गरी नष्ट



शिवु खनाल । दाङ ।

लमही नगरपालिकाको विभिन्न बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न पसलहरुबाट करीब १ लाख ५१ हजार एक सय ४५ रुपैयाँ बराबरको म्याद गुज्रिएका अखाद्य सामान बरामद गरी नष्ट गरिएको थियो ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङ, इलाका प्रशासन कार्यालय लमही, लमही नगरपालिका, वडा प्रहरी कार्यालय लमही र देउखुरी उद्योग बाणिज्य संघ लमहीको संयुक्त टोलीले नगरपालिकाको वडा नम्बर ५ स्थित ५ वटा किराना पसल र एउटा शृङ्गार पसलमा छड्के अनुगमन गरेको हो ।

विभिन्न पसलहरुबाट प्रिमियम आटा, अजम्मरी मैदा, चकलेट, केसमा लगाउने तेललगायतका म्याद गुज्रिएका सामानहरु बरामद गरेर नष्ट गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जिवी रानाले जानकारी दिए । अनुगमनका क्रममा लमहीको खनाल स्टोरबाट सबैभन्दा बढी म्याद गुज्रिएका अखाद्य सामान बरामद गरी नष्ट गरिएको थियो ।

स्टोरबाट ५ किलोको ३५ प्याकेट प्रिमियम आटा, ५० किलोको ७ बोरा प्रिमियल आटा, ५० किलोको १९ बोरा अजमम्री मैदा, २० किलोको ७५ बोरा अजमम्री मैदा गरि १ लाख ४४ हजार ५ सय ५० रुपैयाँ बराबरको म्याद गुज्रिएका सामानहरु बरामद गरेर नष्ट गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले बताएका छन् ।

उनका अनुसार सृष्टि किराना पसलबाट २० पोका प्रिमियम आटा र आयुतोष मिठाइको तीन बट्टा गरि चार हजार सात सय बराबरको म्याद गुज्रिएको अखाद्य सामान बरामद गरी नष्ट गरिएको हो ।

अनुगमनका क्रममा विभिन्न पसलका संचालकहरुले नविकरणको कागजात लिन पठाएर ढिला गर्ने, कागजात देखाउन हिचकिचाउने, दैनिक रुपमा मुल्यसूची अपडेट नगरेको भेटिएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

‘अनुगमनका क्रममा मूल्यसूची नराखिएको, दर्ता नवीकरण, नगरेको, बोर्ड नराखेको भेटिएको थियो’ उनले भने, ‘त्यस्ता पसलहरुलाई छिटो दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, डिजिटल तराजु राख्नलगायतका सल्लाह सुझाव दिएका छौं ।’

खाद्य तथा किराना पसलहरूमा खाद्यान्न तथा पेय पदार्थहरूको म्याद नाघेका विक्री वितरण कार्यलाई न्यूनीकरण गर्ने उद्देश्यले अनुगमन गरिएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १९ गते शनिबार