भारतमा काराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या चार लाख नाघ्याे



भारतमा पछिल्लाे २४ घण्टामा ४६ हजार ६ सय १७ जना काेराेना संक्रमित थपिएका छन्।

यहि अविधमा ५९ हजार ३ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने ८५३ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

याे सँगै भारतमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या चार लाख नाघेकाे छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान अध्यावधिक गरेकाे विवरण अनुसार काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ४ लाख ३ सय १२ पुगेकाे छ।

अहिलेसम्म संक्रमित हुनेकाे कुल संख्या ३ कराेड ४ लाख ५८ हजार २ सय ५१ पुगेकाे छ। ती मध्ये २ कराेड ९५ लाख ४८ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

अहिले भारतमा सक्रिय संक्रमितकाे संख्या ५ लाख भन्दा केही धेरै छ।

भारतले आफ्ना ३४ कराेड ७६ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाएकाे छ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार