कोहलपुर , जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन प्रदेश समितिले कोभिड–१९ को समयमा पनि निजी विद्यालयहरुले विभिन्न बाहनामा लुटतन्त्र मच्चाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै युनियनले ती विद्यालयहरुले अनलाइन कक्षाको बाहनामा अभिभावकहरुसँग उठाइएको, नपढाएका महिनाको पनि शुल्क लिएको र शिक्षकहरुलाई समेत तलब नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
समाजवादी विद्यार्थी युनियन प्रदेश समितिका मूख्य सचिव संगम पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना कहरको समयमा अनलाइन कक्षाका नाममा शिक्षक, विद्यार्थी र अभिभावकको मानव अधिकार उल्लंघन भएको उल्लेख गरिएको छ । यस्ता कार्यको युनियनको प्रदेश समितिले निन्दा गर्ने पनि बताइएको छ ।
यस्तै कोरोना कहर बाँकी नै रहेकोले यस्ताम प्रकारका गतिविधि नगर्न सम्पूर्ण निजी विद्यालयहरुलाई चेतावनी समेत दिइएको छ । ‘कोरोनाका समयमा शुल्क उठाउनु भनेको लुटतन्त्र मच्चाउनु हो। मानव अधिकारको समेत उल्लंघन भइरहेको छ । यस्ता कार्य नगर्न चेतावनी दिन्छौँ । तर यस्ता कार्य नरोकिएमा आक्रामक शैली अपनाउन हुनेछौँ । ’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रदेशभर भइरहेका यस्ता प्रकारका गलत क्रियाकलाप र रबैयाका विरुद्धमा एकजुट भइ लाग्न समाजवादी विद्यार्थी युनियन प्रदेश समितिले आह्वान गरेको छ । यस्तै निजी शैक्षिक संस्थाहरुको गलत रवैयाका विरुद्धमा रचनात्मक तवरले सामुदायिक विद्यालयमा आफ्ना बाबुनानीहरुलाई भर्ना गराउन पनि अभिभावकहरुलाई अपील गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्