कोहलपुर ।
कोहलपुर नगरपालिकामा अति विपन्नलाई परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी(रेष्ट) र रुम टु रिडले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
बालिका शिक्षा कार्यक्रम अन्र्तगत कोभिड १९ को दोस्रो लहरबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कोरोनाले दैनिक रुपमा जीवनयापन गर्न कठिन भएका घरपरिवारलाई कोहलपुर नगरपालिकाको रोहवरमा राहत वितरण गरिएको हो ।
यस्तै ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी(रेष्ट)द्वारा ३५ घुरीलाई खाद्यान्न सहयोग गरेको छ । जसमा बैजनाथ गाउँपालिकाका ९ जना रहेका छन भने कोहलपुर गाउँपालिकाका २५ जना जना रहेका छन।
यस्तै रुम टु रिडले २९ घरधुरी खाद्यान्न सहयोग गरेको हो । उनीहरुलाई दाल, चामल, तेल र नुन लगायतका खाद्यान्न सामाग्री सहीत स्वास्स्थ्य सामाग्री समेत वितरण गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्