अनेरास्ववियूले पालिका संयोजक तोक्यो



कोहलपुर,

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बाँकेले जिल्लाका आठ वटै पालिकामा संयोजक र सह–संयोजक तोकेको छ ।

अनेरास्ववियू बाँकेको चौथो पूर्ण बैठकले जिल्लाका सबै स्थानीय तहमा विद्यार्थीको नेतृत्व चयन गरेको हो ।अनेरास्ववियू बाँके संयोजक दिनेश केसी र सचिव प्रकाश विकद्धारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लामा आठ वटै स्थानीय तहमा जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ । उक्त निर्णय अनुसार नेपालगन्ज उप–महानगरपालिकाको संयोजक जय राना र संह –संयोजक जियाउल अंसारी, कोहलपुर नगरपालिको संयोजक बलिराज थापा र संह –संयोजक रेशम ढकाल चयन भएका छन् ।

खजुरा गाउँपालिकाको संयोजकमा विजय श्रेष्ठ, संह –संयोजकमा कौसी श्रेष्ठ, बैजनाथ गाउँपालिकाको संयोेजकमा कृष्ण चन्द्र ठकुरी र संह –संयोजकमा सिर्जना वि.क.लाई जिम्मेवारी दिइएको संयोजक केसीले बताए । उनका अनुसार जानकी गाउँपालिकाको संयोजकमा आशुतोष गौतम र संह –संयोजकमा अर्जुन वर्मा, राप्तीसोनारीको संयोजकमा खेमराज खड्का र संह –संयोजकमा पूर्णबहादुर थारु रहेका छन् ।यसैगरि डुडुवा गाउँपालिकाको संयोजकमा महेश चौधरी र संह –संयोजकमा आरिफ खान र नरैनापुर गाउँपालिकाको संयोजकमा रवि गौस्वामी र संह –संयोजकमा लक्ष्मण भारती रहेका छन् । जस अनुसार कोहलपुर नगरपालिकाको संयोजकको जिम्मेवारी बलिराज थापालाई प्रदान गरिएको छ । यस्तै कोहलपुरको सह संयोजकको जिम्मेवारी रेशम ढकालले पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १२ गते शनिबार