फ्रन्टलाइनरलाई यामाहाको छुट अफर



कोहलपुर  बाँकेमा कोहलपुरमा रहेको यामाहा स्वरुम श्रेष्ठ टेड हबले फ्रन्टलाइनर छुट अफर ल्याएको छ । कोरोना महामारीको समयमा रोकथाम तथा नियन्त्रणको लागि अग्रस्थानमा खटिएका फ्रन्टलाइनरहरुको लागि श्रेष्ठ टे«ड हबले सर्विसमा १० प्रतिशत छुटको अफर ल्याएको हो । सञ्चालक प्रसन्न श्रेष्ठका अनुसार कोभिड–१९ को संक्रमणदर कम हुँदै गएको तथा जोखिम कायमै रहेको अवस्थामा सुचारु गरिएको सेवाका लागि नयाँ खालको छुट अफर ल्याएइएको हो ।

फन्टलाइनर विशेष छुट अफरमा कोरोनाका समयमा अग्रस्थानमा रहेका ड्युटी गरिरहेकाहरुका लागि अफर ल्याएको उनको बताए ।फ्रन्टलाइनरको रुपमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सञ्चारकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारीहरुलाई मोटरसाइकल सर्विसमा १० प्रतिशत छुट दिएको सञ्चालक श्रेष्ठको भनाइ छ ।यस्तै फ्रन्टलाइनरहरुले यमाहाको नयाँ बाइक खरिद् गरेमा पनि जम्मा मूल्यमा नगद् १० हजार रुपैयाँ छुट गरिने उनले बताए । यो छुट अफर असार समान्तसम्म सञ्चालन गरिनेछ । ‘कोरोनाको समयमा खटिनेहरुलाई सेवा दिन खोजेका छौँ । यस्तो बेलामा सामाजिक उत्तरदायित्व बहन हुन्छ भनेर यस्तो अफर ल्याएको हो ।

असार समान्तसम्म सञ्चालन हुन्छ । सम्बन्धित पक्षलाई सेवा अनुरोध गर्दछु ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै श्रेष्ठले भने । यसअघि गत बैशाख १० गते यामाहा स्वरुममा आगलागी भएको थियो । सो आललागीबाट ३ करोड क्षति भएको उनले बताए । यस्तै क्षतिग्रस्त भौतिक संचरना निर्माण गरेर नयाँ संरचना समेत निर्माण गरिरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १२ गते शनिबार