एक वर्षदेखि पुल नहुँदा आवतजावतमा समस्या



डिल्ली शाही ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का विकास नगर र मक्तिनगरका बासिन्दाहरु पुल नहुँदा जोखिमको यात्रा गरिरहेका छन् । विगत एक वर्षदेखि विकास नगर र मक्तिनगरको विचमा पुल नहुँदा शिक्षा, स्वास्थ्य, कृषि र आवतजावतमा निकै समस्या रहेको छ । त्यहाँ चुरे क्षेत्रबाट आउने खोलाकोे कारणले खेतीयोग्य जमिन कटान जस्ता समस्या भोगिरहेका छन् ।

त्यो क्षेत्रमा स्थानीय सरकारको आँखा अझै पुग्न सकेको छैन । त्यहाँका करिब २०० जनाभन्दा बढि लक्ष्मी माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय र अन्य विद्यालयमा समेत अध्ययनरत छन् । ती बालबालिकाहरु पुल नहुँदा कहिले पढन पाउँछन त कहिले पाउँदैनन ? उनीहरुमा कहिले खोला र्तदा बग्ने भन्ने छुट्टै डर छ । त्यहाँको अर्को समस्या भनेको स्वास्थ्यको रहेको छ । कोही बिरामी भयो भने पनि अस्पतालसम्म पु¥याउनका लागि निकै समस्या छ । यस्ता विविध समस्याले त्यहाँका स्थानीय बासिन्दाहरुको ग्रसित रहेका छन् ।

यस्तै समस्या भोगिरहेका स्थानीय हिलाल मगरले आफ्नो उत्पादन गरेको अन्न बालि घरसम्म लिनका लागि निकै समस्या झेल्नु परेको बताए । पुल नभएको कारणले निकै दुःख पाएका छौ उनले भने अहिले जनताका दुःख कसैले देख्दैनन् । पुलको पारीपट्टी खेत र गाइगोरुहरुलाई चरणको लागि लिनुपर्छ तर कसरी लिने ? पहिले पुल हुँदा निकै सहज थियो तर पुल नभएपछि निकै समस्या भएको उनको भनाई थियो । उनका अनुसार यो २०५३ सालमा बनेको पुल हो । यो पुल बनको र यहाँ बसाइसराई गरेको एकै वर्ष हो उनले थपे, त्यो समयदेखि अहिले सम्म यति दुःख भएको थिएन । तर अहिले पुल नहुँदा निकै दुःख भएको उनको भनाई थियो ।

यस्तै अर्का स्थानीय नन्द बहादुर तामाङ्गले मनसुन सुरुभएपछि दैनिकी कामहरु गर्न निकै समस्या बनाएको छ । मुक्तिनगर र विकास नगरका पाँच सय भन्दा बढि घरधुरीहरु रहेका छन ती घरधुरीहरुले त्यसको प्रत्यक्ष प्रभाव भोगिरहेको तामाङ्गको भनाई थियो ।

यस्तै लक्ष्मी माध्यमिक विद्यालय अध्ययनरत मञ्जु जैसीले पुल नहुँदा विद्यालय आउन÷जान निकै समस्या रहेको बताइन् । ‘यो समस्या मेरो मात्र होइन्’ उनले भनीन ‘यो समस्या सबै बालबालिकाहरुको हो ।’ विद्यालय जाँदा पारी र आउँदा वारी नै बस्नुपर्ने अवस्था रहेको उनको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष कर्णसिह क्षेत्रीले पुल बनाउनका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जमा बजेट माग गरिएको बताए । वडाको सिलिङ्गमार्फत कोहलपुर नगरपालिकामा बजेट माग गरेको र निकुञ्जमा निवेदन पेश गरेका छौ उनले भने बजेट पर्ने÷नपर्ने थाहाँ भएन तर बजेट माग गर्ने हाम्रो काम हो । त्यहाँको समस्या मैले प्रत्यक्ष रुपमा भोगेको र गएको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रबार