30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कर्णलीमा तीन मन्त्रीको पुनःसपथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८  

सुर्खेत 

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले पुनः शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले एकसाता अघि नियुक्त गरिएका तीन जना मन्त्रीहरुले पुनः पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । तीनै जना मन्त्रीलाई पार्टीको ह्वीप जारी उल्लंघन गरेको भन्दै नेकपा एमालेले कारबाही गरेको थियो ।

बैशाख ३ गते मुख्यमन्त्रीको पक्षमा दलको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका थिए । पुन ः सपथ ग्रहण गर्नेमा भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा र कुर्मराज शाहीले सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ खुवाएका थिए ।

तीनैजना मन्त्रीले यसअघि एमाले सांसदको हैसियतमा सपथ लिएका थिए । तर, वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूको वैशाख १३ गते सांसद पद गुमिसकेको छ । उनीहरु दल विहीन बनेका छन् । संविधानको व्यवस्था अनुसार सांसद पद नभएपनि निश्चित अवधीभर मन्धी भन्ने प्रावधान छ ।

नेकपा एमालेको ह्विप विपरीत फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई एमालेले कारबाही गरी सांसदबाट हटाइ सकेको छ । फ्लोर क्रस गरेको दुई दिनमै माधव कुमार नेपाल समूहका उनीहरूले मन्त्री पद पाएका थिए । सांसद पद गुमेपछि उनिहरुलाई पुनः नियुक्त गरिएको छ । सांसद नरहेकाले उनीहरू ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी प्रावधान छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८     9:23:25 AM  |