जनार्दन शर्माले गरे दशैं भत्ताको रकम भेन्टिलेटरका विरामीलाई सहयोग



पूर्वगृहमन्त्री एवं रुकुमपश्चिम प्रतिनिधिसभाका सदस्य जनार्दन शर्माले कोरोना संकटको बेला सांसदलाई दशैं भत्ता दिनु गलत भन्दै बिरोध गर्नुभएको छ । संसद सचिवालयले सांसदहरुको खातामा दशैं भत्ताको पठाएपछि उहाँले बिरोध गर्नुभएको हो ।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं’– सामाजिक सञ्जालमार्फत उहाँले आव्हान गर्नुभएको छ ।

साथै आफेनो खातामा आएको दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तान्तरण गरेको जानकारी पिनि उहाँले गराउनुभएको छ । बोहराको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सांसदहरुलाई दशैं भत्ता वितरण गरिएपछि यसको जनस्तरबाट बिरोध भइरहेको छ । सांसदहरुले पनि यसको बिरोध गर्न थालेका छन् ।

नेकपाका नेता एवं सांसद भीम रावलले यो फिर्ता गर्ने बताउनुभएको छ भने नेकपाका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले गत चैतदेखि नै कुनै पनि भत्ता नलिने घोषणा गरिसक्नुभएको छ ।

कम्तीमा कोरोनाकालभरि सांसदहरुले भत्ता लिन नहुने उहाँको धारणा छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २ गते आइतबार