अध्यक्ष प्रियासन माथि दुव्र्यवहार गर्नेलाई कार्वाही गर : महासंघ



दाङ :
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनमाथि दुव्र्यवहार हुनुका साथै हातपात भएको छ । बिहीबार घोराही उपमहानगरपालिका वडा नं। १४ शहिद लखनपार्क नजिक स्थानीयले टिपर रोकेको बारेमा बुझ्न पुगेका प्रियासनमाथि दुव्र्यवहार भएको हो ।

विरोधलाई प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही(१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन । उक्त दुव्र्यवहार प्रति महासंघ दाङका सचिव भुपेन्द्र वलीले भत्र्सना प्रकट गर्दै दोषीलाई कार्वाहीको माग गरेका छन ।

प्रेस विज्ञप्ति जारी गर्दै सचिव वलीले भनेका छन, ‘प्रियासनमाथि भएको दुव्र्यवहारप्रति घोर भत्र्सना प्रकट गर्दछौं ।’ अगाडी भनिएको छ’ स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुग्नुभएको थियो । अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही(१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन ।’

त्यसैगरी विज्ञप्तिमा अगाडी भनिएको छ ‘यसरी दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किनुभएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका(१५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबीच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि उहाँ फेरी सो स्थानमा पुग्नुभएको थियो । सो क्रममा स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा पुनः निज साजन भण्डारी लगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबि खोसेर हातपात समेत गरेका छन् ।’

विज्ञप्तिमा सचिव वलीले यति हुँदासम्म पनि अध्यक्षले संयमता अपनाएको भन्दै सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्धेश्यले साजन भण्डारी लगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेको बताएका छन ।

उनले दुव्र्यवहारप्रति गम्भिर आपति प्रकट गर्दै दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग समेत गरेका छन ।

प्रियासनलाई हातपात गर्ने टोले गुण्डा फरार

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन माथि हातपात गर्ने टोले गुण्डा साजन भण्डारी फरार भएका छन् । लामो समय देखि अपराधिक मानसिकताबाट ग्रसित घोराही उपमहानगरपालिका १५ न्यु रोडका भण्ठारीलाई केहि घण्टा देखि प्रहरीले खोजी गरिरहेको छ । उनी अहिले फरार छन् ।

सोनापुर सिमेन्ट उद्योगको टिप्पर सञ्चालनमा रोक लगाउँदै आन्दोलनमा उत्रिएका स्थानीयहरुको भिडमा लुकेर आन्दोलनलाई नै तुहाउने गरी साजन भण्डारीले पत्रकार महासंघका अध्यक्ष प्रियासनलाई बिहीबार बेलुका हातपात समेत गर्दै दुव्र्यवहार गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले फरार भण्डारीको खोजविन भैरहेको छ र कारबाहीका लागि अध्यक्ष प्रियासनले निवेदन दर्ता गराएको बताए । फरार भण्डारीको खोजविन भैरहेको, अनुसन्धान पछि कार्बाहीका लागि प्रक्रिया अगाडी बढाईने प्रहरी प्रमुख चन्दले बताए ।

यता प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले पनि फरार भण्डारीलाई पक्राउ गर्न आदेश दिईसकेको र छिट्टै पक्राउ पछि कारबाहीको लागि प्रक्रिया अगाडी बढ्ने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार