थपिदैं ४ पीसीआर मेसिन



कोहलपुर ।

प्रदेश नम्बर ५ मा कोरोना परीक्षणका लागि थप ४ वटा पीसीआर मेसिन खरिद गरिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ४ वटा मेसिन थप गर्न लागिएको जानकारी गराएका हुन् । अहिले भएका सिमित पीसीआर मेसिनमा कोरोना परीक्षणको चाप बढेको भन्दै प्रदेश सरकारले फेरी थप ४ वटा मेसिन खरिद गर्ने योजना बनाएको उनले बताए ।

‘पीसीआर परीक्षणको दायरा बढाउनका लागि आन्दोलन गर्नु पर्दैन’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो परिस्थितिले बाध्य बनाएको अवस्था हो ।’ प्रदेशमा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगञ्ज गरी तीन ठाउँबाट पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आएको छ ।

पछिल्लो समय यी मेसिनमा पीसीआर जाँचको लागि चाप बढेको छ । स्वाब संकलन धेरै भएपनि प्रयोगशालामा चाप बढ्दा स्वाब संकलनको एक हप्ता दश दिनपछि मात्र रिजल्ट आउने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार