साल्ट ट्रेडिङ भन्छ‘एक वर्षलाई पुग्ने स्टक छ’ व्यवसायी भन्छन् ‘नुन पाएनौँ’



कोहलपुर ।

साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय नेपालगञ्जले एक वर्षका लागि पुग्ने नुन स्टक रहेको जनाएको छ । कोहलपुर क्षेत्रका केहि व्यवसायीहरुले आवश्यकता अनुसारको नुन नपाएको गुनासो गरिरहेको बेला कार्यालयले भने एक वर्षका लागि पुग्ने नुन स्टक रहेको जनाएको हो । नुनुको अभाव नभएपनि कोरानो रोकथाम तथा नियन्त्रणका लागि सरकारेले देशभर ‘लकडाउन’ गरेका कारण मजदुरहरु नआएपछि डिलरहरुले मागेजति आपूर्ती गर्न नसकिएको साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरीले मिसन टुडेलाई जानकारी दिए ।

‘लकडाउनका कारण नुनको पोका तयार गर्ने मजदुरहरु काममा आएका छैनन्’, उनले भने–‘त्यसकारण उहाँहरुले माग गरेअनुसार नुन दिन नसकिएको होे ।’लकडाउन भन्दा पहिले प्याकिङ्ग भएको नुन अहिले सबै ठाउँमा वितरण भइरहेको प्रमुख चौधरीले बताए ।

अहिले नेपालगंज क्षेत्रका व्यवसायीलाई एक पटकमा २५ बोरा तथा बाहिरका व्यवसायीलाई ५० बोरासम्म नुन दिने गरेको उनले बताए । आफूहरुले मजदरहरुलाई आउनका लागि आग्रह गरिएको बताउँदै प्रमुख चौधरीले मजदुरहरु काममा आएको खण्डमा प्याकिङ्ग गर्दा केहि दिन ढिला भएपनि प्याकेट तयार भएपछि डिलरहरुको आवश्यकताअनुसार नुन आपूर्ती हुने बताए ।

उनले भने–‘नुन प्याकिङ्ग गर्दा केहि दिन ढिला होला तर प्याकेट तयार भएपछि डिलरहरुले मागेजति आपूर्ती हुन्छ ।’साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय नेपालगञ्जले साविकको मध्यपश्चिमका जिल्लाहरुमा हेर्ने भएपनि दुर्गमका सबै जिल्लाहरु डिपो मार्फत वितरण हुने भएकाले नुन स्टक रहेको तर बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाहरुमा डिलरहरुमार्फत वितरण हुने भएकाले सिधै कार्यालयबाटै विक्रि हुने भएकाले डिलरहरुमा सकिएको हुन सक्ने चौधरीले बताए ।

उता कोहलपुरका व्यवसायीहरुले साल्ट ट्रेडिङ कर्पोरेसनले आफुहरुलाई नुन नदिएको गुनासो गरेका छन् । अमृत तेल मिलका प्रोपराईटर समेत रहेका कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले नुन लिनका लागि ट्रक पठाएको भएपनि नुन नपाएको गुनासो गर्नु भएको छ ।

उनले कोहलपुर क्षेत्रमा नुनको स्टक नरहेको भन्दै आफुले १ सय बोरा नुन अडर गरेपनि खाली गाडी फिर्ता गर्नु परेको गुनासो गरे ।

नेपालगंञ्ज बाहिर ट्रक पठाउँदा ५० बोरा नुन ल्याउँदा आफुहरुलाई नोक्सान हुने भएकाले नेपालगञ्ज बाहिरका व्यवसायीलाई १ पटकमा कम्तीमा १ सय बोरा नुन दिन उहाँले माग गरे । नेपाल सरकारको स्वामित्व रहेको सस्थानले संकटका बेला आवस्यक तयारी बेलैमा गनुपर्ने अधिकारीले बताए ।

अन्त्यमा कोहलपुरका केहि व्यवसायीहरुले साल्ट ट्रेडिङबाट नुन नपाएको गुनासो गरेपछि के बाँकेमा नुन अभाव भएकै हो त ? भनेर साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमखु मनोज चौधरीलाई सोधका थियौ । सुनौँ यसै सन्दर्भमा प्रमुख चौधरीसंग यानबी साहुले गरेको छोटो कुराकानी :

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार