कर्णाली बाँके सम्पर्क मंचको अध्यक्षमा जैशी



कोहलपुर।

कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च बाँकेको तदर्थ समितिको अध्यक्षमा टोपराज जैशी  चयन भएका छन् ।

शनिबार बाँकेको कोहलपुरमा भएको कर्णालीका विद्यार्थीहरुको भेला बाट जैशी अध्यक्षमा  चयन भएका हुन् ।

अध्ययनको शिलशिलामा  कर्णालीका दश जिल्लाबाट बाँकेमा रहेका विद्यार्थीहरुको भेलाले ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा राजेश वली, उपाध्यक्षहरुमा धर्म शाही,दिपेन्द्र शाही,चरित्र शाही चयन भएका छन् ।

सचिवमा लक्ष्मण मानव , कोषाध्यक्षमा कल्पना कार्की चयन भएको अध्यक्ष जैशीले बताए ।

उनका अनुसार सह सचिवहरुमा मनोज बुढाथोकी,राजन न्यौपाने,कमल बुढाथोकी र संगीता रोकाय चयन भएका छन ।

अध्यक्ष जैशीले विद्यार्थीहरुको हकहितका लागि मञ्चले काम गर्ने बताए ।  उनले विद्यार्थीहरुको हकहितका साथै विभिन्न सामाजिक कार्यमा समेत मञ्च अग्रसर हुने बताएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ११ गते शनिबार