सुर्खेत।
कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । बिहानै देखी प्रदेश राजधानी सुर्खेतमा सुरु भएको निर्वाचन प्रक्रिया सकिएको हो । मतदानमा ९८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
निर्वाचन अधिकृत डाक्टर राजेन्द्र प्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदाता मध्ये १ सय ९५ ले मतदान प्रक्रियामा भाग लिएका थिए । भने कुल मतदाता मध्ये तीन जना मात्रै अनुपस्थित रहे ।
कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका थिए ।
उनले कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली अमेरिका, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ मोर्ती चोरीको आरोपमा कारागारमा रहेको र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ विरामी भएका उपस्थित नभएको उनले बताए ।
निर्वाचन प्रक्रिया सकिए लगत्तै सर्वदलीय बैठक बसेको र साँझ ६ बजेबाट मतगणना हुने बताईएको छ ।









प्रतिक्रिया दिनुहोस्