प्रदेश पाँचका काँग्रेस संसदीय दलका नेताको निधन



बुटवल ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश नम्बर ५का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको सोमबार दिउँसो करिब १ बजे तिर निधन भएको छ ।

क्यान्सरका कारण थलिएका ८२ वर्षीय पोखरेलको रुपन्देही तिलोत्तमा १४ खैरियास्थित निवासमा निधन भएको हो ।

प्युठानमा १९९४ साल माघ १९ गते जन्मिएका कांग्रेसका पूराना नेता पोखरेल कांग्रेको सिफारिसमा समानुपातिक तर्फबाट प्रदेश ५ को प्रदेश सभा सदस्य बनेका थिए ।

प्रदेश सभाकै जेष्ठ सदस्य शर्माले प्रदेश सभाका सदस्यहरुलाई जेष्ठ सदस्यको हैसियतमा सपथ ग्रहण गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार