आलीमा बेसारिसे भेटियोे दत्तात्रयको मुर्ति [फोटो फिचर]



जुम्ला ।
२०७३ मसिंर १२ गते चोरी भएको जुम्लास्थित चन्दननाथ मन्दिरको मुर्ति भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको नजिकै रहेको जिल्लाको मुख्य बजार क्षेत्रबाट मुर्ति चोरी भएको थियो ।

केही मुर्ति पहिला नै भेटिएका थिए । तर मुख्य मुर्ति भेटिएको थिएन । तर सोमबार विहान चन्दननाथ नगरपालिका वडा नम्बर १ दानसाँधुमा मुर्ति भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रजिअ दुर्गा बन्जाडेले विहान खेतको आलीमा मुर्ति भेटिएको बताईन् । उनका अनुसार स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए ।

पछि जिल्लाको सुरक्षा निकायको टोली उक्त स्थानमा पुगेको थियो । चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्री मुचुल्का उठाइसकेपछि मन्दिरमा पुर्नस्थापना गरिने बताउँछन् ।

मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । मूख्य मूर्ति भने भेटिएको थिएन ।

फोटो सौजन्य महेश नेपाली जुम्ला

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार