दुर्घटनामा एक जनाको मृत्यु



महोत्तरी ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास–८ विश्वकर्माचोक नजिकै टेम्पो पल्टँदा एक जनाको मृत्यु भएको छ ।

ना३स ५२०६ नंको टेम्पो पल्टँदा बर्दिवासचोकबाट घरतर्फ जाँदै गरेका बर्दिवास–५ गणन्ताका ३५ वर्षीय रमेश विश्वकर्माको ज्यान गएको हो ।

दुर्घटनामा परी टेम्पोचालक बर्दिवास–५ ढुङ्ग्रेका २५ वर्षीय टीकाराम पाण्डे घाइते भएका छन् । उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २४ गते आइतबार