सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ९ लाटीकोइलीमा अस्थायी प्रहरी विट स्थापना गरिएको छ । प्रहरी विटको स्थापना गर्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुबेदीले नगरको पर्यटकिय वडामा सुरक्षाकालागि प्रहरी विट स्थापना गरिएको बताए ।
लाटीकोइलीको तल्लो क्षेत्र बामे खोलालाई आधार बनाएर जिल्ला सुरक्षा समितिको सुरक्षारण निती अनुसार अस्थायी प्रहरी विटको स्थापना गरीएको उनले जानकारी दिए । सो अवसरमा नगर उपप्रमुख मोहनमाया ढकालले वडामा रहेको ऐतिहासिक पर्यटकिय क्षेत्र काँक्रेविहारलाई संरक्षण गर्न प्रहरी विटको भुमिका रहने बताईन् ।
स्थानीय समाजसेवि डम्मरविक्रम जिसीले प्रहरी विटको स्थापनाले काँक्रेविहारको पर्यटकिय सुरक्षा बलियो हुँदै अपराधिक गतिविधि कम हुने तर्क गरे । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त रजौरेले अस्थायी प्रहरी विटलाई स्थायी बनाउन सबैको साथ आवाश्यक रहेको बताए । वडा अध्यक्ष सुरेश मानन्धरका अनुसार प्रहरी हवल्दारको कमाण्डमा पाँच जना प्रहरी अस्थायी विटमा रहनेछन् ।
यसले काँक्रेविहारमा सुरक्षा व्यवस्था राम्रो हुने उनले विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्