कोहलपुर/ बाँकेको कोहलपुर नगर विकास समितिले नगर विकासका योजनाहरु ठेक्का लिएर काम सम्पन्न नगर्ने तथा काममा ढिलाई गर्ने निमार्ण कम्पनीलाई शुक्रबार पत्राचार गरेको छ ।
नगर विकासका योजनाहरु ठेक्का लिन तर काम नगर्ने निमार्ण कम्पनीलाई पत्रचार गरी ताकेता गरिएको नगर विकास विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
कतिपय निमार्ण कम्पनीहरुले ठेक्का लिएर काम कतिपयले सम्पन्न नगरेको र कतिपय सम्पर्कमै नआएको हुँदा पत्रचार गरिएको र ७ दिन भित्र कार्यालयको सम्पर्कमा नआएमा त्यस्ता निमार्ण कम्पनीलाई खरिद नियमावली ऐन २०७४ बमोजिम कारबाही गरिने अध्यक्ष खड्काले बताए ।
‘हामीले सबै निमार्ण कम्पनीलाई पत्राचार तथा ईमेल गरिसकेका छौँ, उहाँहरु सम्पर्कमा नआए कारबाही प्रक्रिया अघि बढाइने छ’ उनले भने ।
नगरविकास समितिले धिताल विल्र्डस नौवस्ता–८,बाँके, श्री शुभ शान्ति निमार्ण सेवा नेपालगन्ज–८ बाँके, सुर्य हिमाल निमार्ण सेवा मालिका–४ दैलेख, श्री नारायणम जेभि नेपालगन्ज–२४ बाँके, श्री ड्राईगन निमार्ण सेवा कोटेश्वर—३५ काठमाण्डौंलाई जिल्ला प्रशासन कार्यालय बाँकेलाई बोधार्थ सहित पत्र पठाएको छ ।









प्रतिक्रिया दिनुहोस्