१० हजार घुस रकमसहित प्रहरी जवान अख्तियारको फन्दामा



कोहलपुर/ अस्थायी प्रहरी पोष्ट नेपालगन्ज बसपार्कमा कार्यरत प्रहरी जवान गोविन्द नेपाली आइतबार घुस रकमसहित पक्राउ परेका छन् ।

खरिद गरेका सामान ल्याउन सहजता गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा कोहलपुरबाट खटिएको टोलीले प्रहरी जवान नेपालीलाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उलनाई नेपालगन्ज उपमहानगरपालिका–१० स्थित चौधरी नास्ता पसलबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १३ गते आइतबार