कोहलपुर/ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ बुटवलले खुल्ला नाट्य घरसहितको होमस्टे प्रवद्र्धनसम्बन्धी सोमबार नेपालगन्जमा व्यवसायीसँग अन्तक्रिया गरेको छ ।
प्रदेश नं. ५ का सचिव सूर्यकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाभर भ्याली होमस्टे सञ्चालक कृष्ण चौधरीले बाँकेमा रहेको होमस्टेलाई प्रदेशस्तरीय बनाउनमा जोड दिए ।
उनले गाभर भ्याली होमस्टेमा संचारको अभाव भएकाले सूचनाबाट केही वञ्चित हुनु परेको हुँदा त्यस क्षेत्रमा नेटवर्कको व्यवस्था मिलाई दिन सरेकारवालाहरु समक्ष मागसमेत गरेका थिए ।
२०६७ सालमा कार्यान्वयनमा आएको होमस्टे सञ्चालन कार्यविधिमा केही सुधार गर्नुपर्ने पर्यटन कार्यालय कोहलपुरका शाखा अधिकृत वुद्धिबहादुर खत्रीले बताए ।
निजी तथा सामुदायिक गरेर होमस्टेलाई २ प्रकारमा विभाजन गरेको र बाँकेमा मात्र ३ वटा निजी होमस्टे रहेको खत्रीले जानकारी दिए ।
कार्यक्रममा होमस्टे एसोसियसनका केन्द्रीय सदस्य पूर्णचन्द्र उपाध्यायले दिगो होमस्टे प्रवद्र्धनका लागि सकारात्मकरुपमा कार्य गर्न जरुरी रहेको बताए । कार्यक्रममा बाँके, बर्दिया, दाङका ३ जिल्लाका ४० जना सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्