हावाहुरीले क्षेति



रावन बिश्वकर्मा : बाँसगढी,१८ जेठ/  बिहीबार बेलुकी आएको हावाहुरी सहितको पानीले बर्दियाको बाँसगढीमा क्षेति पु¥याएको छ ।

हावाहुरी सहितको पानीले बाँसगढी नगरपालिका–३ उत्तरभकारीमा टिनले छाएको घर भत्किदा आमा छोरा घाइते भएका छन् ।

घर भत्किएर पुरिएको खबर पाएसँगै इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरीक्षक झक्कु प्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले २५ वर्षीया मन्सरी वली र उनका ८ वर्षीय छोरा शिशिर वलीको उद्धार गरि स्थानीय मेडिकलमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको लागि पठाइएको छ ।

बेलुकी ५ बजेदेखि आएको हावाहुरी सहितको पानीले बाँसगढीमा रहेको सिजि अटो पाटर्स तथा सिजिकी अथोराईज डिलरको टिनको छत उडाउँदा ट्रयाक्टर तथा मोटरसाईलमा समेत क्षेति पुगेको छ ।

छत उठाउँदा टिनको छत सहित छतको मुनि रहेका ट्याक्टर, मोटरसाईकल गरी करिब १५ लाख बढी क्षेति भएको अनुमान गरिएको छ । क्षितिज मसाल उद्योगमा पनि भल सहितको पानी भरिएर करिब ८ लाख बराबरको सामान भिजेको जनाइएको छ ।

त्यस्तै बाँसगढी नगरपालिका वडा नम्बर ५ र ६ मा पर्ने मोतिपुरमा रामसोरुप थारु, सिक्ला थारु, देवारी थारु, गोलेराम थारु, भगवती थारु, चिरपुटिया थारु, दिनेश थारु र राम बिनोद थारुको टिनको छानो उठाएको छ ।

टिनको छानो उठाउदा घरमा रहेका अन्नपात, लत्ता कपडा पूर्ण रुपमा भिजेको स्थानीय संजय ठाकुरले जानकारी दिए । हावाहुरीले अझै अन्य गाँउहरुमा पनि क्षेति पु¥याएको अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १८ गते शुक्रबार